top of page
Search

GOOGLE SEARCH

  • Writer: SuBeindra DH
    SuBeindra DH
  • Jun 16, 2020
  • 2 min read

गूगल सर्चको स्मार्ट तरिका-


१. “”


डबल कोटेसन गूगल सर्चका लागि राम्रो सर्च अपरेटर हो । तपाईं कुनै पनि शब्द गूगलमा खोज्दै हुनुहुन्छ भने त्यो शब्दलाई डबल कोटेसन चिन्हको बीचमा राख्नुहोस् । उदाहरणका लागि“महाबिर पुन” ।


२.  OR


 तपाईं गूगलमा रहेका धेरै विषयहरु मध्ये एउटा परिणाम निकाल्न चाहनुहुन्छ भने OR प्रयोग गर्नसक्नुहुन्छ । उदाहरणका लागि “महाबिर पुन”OR आविष्कार केन्द्र ।


३. AND


यदि धेरै विषयवस्तु भएको परिणाम गूगलमा खोज्न चाहनुहुन्छ भने AND अपरेटर प्रयोग गर्नुहोस् । उदाहरणका लागि “महाबिर पुन”AND म्यागासेसे


४.  –


 सर्च रिजल्टबाट केही शब्दहरु हटाउन चाहनुहुन्छ भने माइनसको प्रयोग गर्नुहोस् । जस्तै तपाईं महाबिर पुन सर्च गर्न चाहनुहुन्छ जुन आविष्कार केन्द्र वा विज्ञान प्रविधिसँग सम्बन्धित छैन भने माइनसले ती दुबै शब्द घटाउन सक्नुहुन्छ । उदाहरणका लागि “महाबिर पुन” -आविष्कार केन्द्र -विज्ञान प्रविधि


५. *


यदि तपाईं दुईवटा शब्द निश्चित अर्डरमा राखिएको पेज खोज्दै हुनुहुन्छ भने दुई शब्दको बीचमा * अर्थात एसट्रिक चिन्ह राख्नुहोस् । उदाहरणका लागि “महाबिर पुन” *ट्वीटर


६. ()


सर्च गर्ने क्रममा दुईवटा शब्द देखाउनुपर्ने छ भने () अर्थात ब्राकेटलाई प्रयोग गर्नुहोस् । उदाहरणका लागि (इन्टरनेट or आविष्कार केन्द्र) एण्ड “महाबिर पुन”


७. AROUND (X)


तपाईं एक वा सो भन्दा बढी शब्दहरु खोज्दै हुनुहुन्छ, जुन एकअर्कासँग नजिक होस् भन्ने चाहनुहुन्छ भने AROUND (X) प्रयोग गर्नुहोस् । जस्तै आविष्कार केन्द्र र महाबिर पुनबीच तीनभन्दा धेरै शब्द चाहनुहुन्न भने यसलाई प्रयोग गर्नुहोस् ।


उदाहरणका लागि  “महाबिर पुन” AROUND (3) आविष्कार केन्द्र


८. $


यदि तपाईं कुनै नम्बर खोज्दै हुनुहुन्छ तर त्यसलाई मूल्यमा देखाउन चाहनुहुन्छ भने $ अर्थात अमेरिकी डलरको संकेत प्रयोग गर्नुहोस् । यसले युरोको साइनको रुपमा पनि काम गर्न सक्छ । उदाहरणका लागि $ Hundred वा € Hundred


९. SITE


जब तपाईं निश्चित डोमेनमा आफ्नो रिजल्टलाई सीमित गर्न चाहनुहुन्छ भने SITE को प्रयोग गर्न सक्नुहुन्छ । जस्तै subeindra.com को पेजमा नेपाल टेलिकम सम्बन्धी सबै कुरा हेर्न चाहनुहुन्छ भने SITE उल्लेख गर्न सक्नुहुन्छ । उदाहरणका लागि SITE:subeindra.com “आविष्कार केन्द्र”


१०. Intitle


महाबिर पुनलाई कुनै पनि वेब पेजको टाइटलमा खोज्दै हुनुहुन्छ भने अगाडिपट्टी ईन टाइटल लेख्नुहोस् । उदाहरणका लागि Intitle: “महाबिर पुन”


११. Allintitle


यदि तपाईं धेरै शब्दहरु राखेर ईनटाइटल जस्तै गरी सर्च गर्न चाहनुहुन्छ तर Allintitle लेख्न सक्नुहुन्छ ।


उदाहरणका लागि Allintitle: “महाबिर पुन” आविष्कार केन्द्र


१२. Inurl


यूआरएलमै तपाईं अन्य टेक्स्ट पनि खोजिरहनुभएको छ भने यो विधि तपाईंलाई काम लाग्नेछ । 


उदाहरणका लागि Inurl: आविष्कार केन्द्र


१३. Allinurl


Inurl जस्तै प्रयोजनका लागि यसको प्रयोग गर्न सक्नुहुन्छ । तर यो चाहिँ धेरै शब्द रहेको यूआरएल खोज्ने सन्दर्भमा काम लाग्छ । उदाहरणका लागि Allinurl: Tesla Model x


१४. Intext


वेब पेजको कन्टेन्टमा आफ्नो सर्चलाई सीमित गर्न चाहनुहुन्छ भने यो तरिका प्रयोग गर्न सक्नुहुन्छ । उदारहणका लागि Intext: इन्टरनेट


१५. Allintext


यो पनि Intext जस्तै हो तर यो चाहिँ धेरै शब्दहरु जोडेर सर्च गर्नुपरेको अवस्थामा काम लाग्छ । उदाहरणका लागि Allintext Text: आविष्कार केन्दर पीपीई

 
 
 

Recent Posts

See All
आन्ध्र प्रदेश पुग्यो चक्रवात 'असानी': पालमा कस्तो असर पर्छ?भारतमा रेड अलर्ट जारी, ने

नयाँ दिल्ली : चक्रवाती आँधी 'असानी' भारतको आन्ध्र प्रदेशतर्फ सर्दै गएको छ। हाल भारतको मौसम विज्ञान विभागले राज्यका तटीय क्षेत्रमा आँधी,...

 
 
 
बुद्धको अनमोल वचन

📷 बुद्धको ईसा पूर्व ५६३ पहिले कपिलवस्तुमा जन्मिएका थिए, राजा शुद्धोधन र मायादेवीको कोखबाट । अतः यहाँ गौतम बुद्धको केही अनमोल वचन...

 
 
 

Comments


Post: Blog2_Post

Subscribe Form

Thanks for submitting!

9806092852

©2019 by SuBeindra DH. Proudly created with Wix.com

bottom of page