top of page
Search

बुद्धको अनमोल वचन

  • Writer: SuBeindra DH
    SuBeindra DH
  • Jul 9, 2019
  • 2 min read

📷

बुद्धको ईसा पूर्व ५६३ पहिले कपिलवस्तुमा जन्मिएका थिए, राजा शुद्धोधन र मायादेवीको कोखबाट । अतः यहाँ गौतम बुद्धको केही अनमोल वचन प्रस्तुत गरिएको छ, जसले तपाईंको सोच बदल्न सक्छ ।

– आज हामी जे छौ, त्यो आजसम्म हामीले के सोच्यौ त्यसैको परिणाम हो । यदि कुनै व्यक्ति खराब सोचले बोल्छ वा काम गर्छ भने उसलाई कष्ट मिल्छ । यदि कुनै व्यक्ति शुद्ध विचारका साथ बोल्छ वा काम गर्छ भने उसलाई खुसीले कहिल्यै छाड्दैन ।

– अतितमा ध्यान नदेउ, भविष्यको बारेमा नसोच । आफ्नो मनलाई वर्तमानको क्षणमा केन्दि्रत गर ।

– स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

– तीन कुरा लामो समय लुकाउन सकिदैन, सूर्य, चन्द्र र सत्य ।

– आफ्नो मोक्षको लागि आफै प्रयत्न गरौ, अर्कामा निर्भर हुनुहुँदैन ।

– कुनैपनि विवादमा हामी जसरी क्रोधित हुन्छौ, तब हामीले सत्यको बाटो बिराउँछौ ।

– कुनै हिंस्रक जनवारभन्दा कपटी र दृष्ट साथी खतरनाक हुन्छ । जनवारले त तपाईंको शरीरमा हानी पुर्‍याउँछ । तर एक खराब साथीले तपाईंको बुद्धि भ्रष्ट गरिदिन सक्छ ।

– तपाईंसँग जे छ, त्यसलाई बढाई-चढाई नबताउनुहोस् । न त अर्कालाई इष्र्या नै गर्नुहोस् । जो अर्कालाई इष्र्या गर्छ, उसको मनमा शान्ति कहिल्यै मिल्दैन ।

– घृणा घृणाबाट होइन, प्रेमबाट नष्ट हुन्छ । यो शाश्वत सत्य हो ।

– म कहिल्यै हेर्दिन कि के गरे ? म जहिले पनि हेर्छु कि के गर्न बाँकी छ ?

– विना स्वास्थ्य जीवन, जीवन होइन । बस्, एक पीडाको स्थिती हो । मृत्युको छायाँ हो ।

– हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।

– सत्यको मार्गमा हिँड्का व्यक्तिले दुई गल्ती गर्न सक्छन्, एक पुरा बाटो तय नगर्नु । अर्को यसको सुरुवात नै नगर्नु ।

– मन र शरीर दुबैको स्वास्थ्य रहस्य हो, अतीतमा शोक नगर्नु, भविष्यको चिन्ता नगर्नु । बरु बुद्धिमानी र इमान्दारीले बर्तमानमा जिउनु ।

– अन्त्यमा यी कुराले सबैभन्दा बढी महत्व राख्छ कि, तपाईंले कति राम्ररी प्रेम गर्नुभयो ? कति पूर्णताका साथ जीवन जिउनुभयो ?

– वास्तवमा तपाईं आफैलाई प्रेम गर्नुहुन्छ भने तपाईंले अरु कसैलाई ठेस पुर्‍याउनुहुन्न ।

– शान्ति भित्रबाट आउँछ, बाहिर नखोज ।

– हामीलाई हामी बाहेक अरु कसैले बचाउन सक्दैनन् ।

– माथि उठ्नुहोस् र आभारी रहनुहोस्, किनभने यदि हामीले धेरै नभएपनि केही त सिक्यौ । हामीले केही नसिकेपनि कम्तीमा बिमार त भएनौ । यदि हामी बिमार भएपनि मर्न त मरेनौ । यसैले हामी सबैप्रति आभारी रहनुपर्छ ।

– तपाईं पुरा ब्रम्हान्डमा यस्ता कुनै व्यक्ति खोज्न सक्नुहुन्छ, जो तपाईंको अधिक माया वा स्नेहका लायक छन् । र, त्यो व्यक्ति कहीँ मिल्नेवाला छैन । यस ब्रम्हान्डमा कोही तपाईंको स्नेह वा मायाको लायक छ भने त्यो स्वयम् तपाईं मात्र हो ।

– गन्तव्यमा पुग्नुभन्दा पहिलो सर्त सही ढंगले यात्रा गर्नु हो ।

– हरेक बिहानी हामी पुर्नजन्म लिन्छौ । त्यसैले आज हामीले के गर्‍यौं ? यही कुराले सबैभन्दा बढी महत्व राख्छ ।

– कोही व्यक्ति यसकारण ज्ञानी कहलिदैनन् कि, उनीहरु केवल बोलछन् मात्र । तर ऊ शान्तिपूर्ण, प्रेमपूर्ण र निर्भय छ भने वास्तवमा ज्ञानी कहलिन्छन् ।

 
 
 

Recent Posts

See All
आन्ध्र प्रदेश पुग्यो चक्रवात 'असानी': पालमा कस्तो असर पर्छ?भारतमा रेड अलर्ट जारी, ने

नयाँ दिल्ली : चक्रवाती आँधी 'असानी' भारतको आन्ध्र प्रदेशतर्फ सर्दै गएको छ। हाल भारतको मौसम विज्ञान विभागले राज्यका तटीय क्षेत्रमा आँधी,...

 
 
 
GOOGLE SEARCH

गूगल सर्चको स्मार्ट तरिका- १. “” डबल कोटेसन गूगल सर्चका लागि राम्रो सर्च अपरेटर हो । तपाईं कुनै पनि शब्द गूगलमा खोज्दै हुनुहुन्छ भने त्यो...

 
 
 

Comentarios


Post: Blog2_Post

Subscribe Form

Thanks for submitting!

9806092852

©2019 by SuBeindra DH. Proudly created with Wix.com

bottom of page